Section 4
केन्द्र स्वशासित संस्था हुनेः
(१) केन्द्र अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) केन्द्रको आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) केन्द्रले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) केन्द्रले व्यक्ति सरह आफ्नो नामबाट नालिस, उजुर गर्न र केन्द्र उपर पनि सोही नामबाट नालिस, उजुर लाग्न सक्नेछ ।